ओमानी रियाल र कुवेती दिनारको भाउ केही बढ्यो

काठमाण्डौ । बिहीबार कुवेती दिनार र ओमानी रियालको भाउ केही बढेको छ भने कोरियन वन घटेको छ । अरु विदेशी मुद्रा भने स्थिर छ ।बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ०४ पैसा रहेकोको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा रहेको छ । हिजो बुधबार पनि खरिददर ३० रुपैयाँ २४ पैसा र बिक्रीदर ३० रुपैयाँ ४० पैसा थियो । बिहीबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा रहेको छ ।

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ५२ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ १७ पैसा रहेको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा छ । हिजो पनि खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०५ पैसा रहेको थियो ।

रिंगिट एकको खरिददर २७ रुपैयाँ ०४ पैसा बिक्रीदर २७ रुपैयाँ १९ पैसा तोकेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ०४ पैसा बिक्रीदर २७ रुपैयाँ १९ पैसा रहेको थियो । कोरियन वनको भाउ भने आज घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा पुगेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको थियो ।

कुवेती दिनारको भाउ भने केही पैसा बढेको छ । दिनार १ को खरिददर ३७२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ५० पैसा रहेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ३८ पैसा रहेको थियो । यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको छ । हिजो पनि खरिददर ३०० रुपैयाँ ८९ पैसा र बिक्रीदर ३ सय २ रुपैयाँ ४८ पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस