युएफा च्याम्पियन्स लिग : लिभरपुल र चेल्सी विजयी

काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा इंग्लिश क्लबहरु लिभरपुल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले अष्ट्रियाको रेडबुल साल्जबर्गलाई ४–३ ले हरायो । यही समूहको अर्को खेलमा बेल्जियमको गेन्क र इटालीको नापोलीले गोलरहित बराबरी खेले ।

समूह ‘एफ’ को खेलमा स्पेनको बार्सिलोनाले इटालीको इन्टर मिलानलाई २–१ ले हराउँदा जर्मनीको बोरुसिया डर्टमण्डले चेक गणतन्त्रको स्लाभिया प्रागलाई २–० ले पराजित ग¥यो । यसैगरी समूह ‘जी’ को खेलमा फ्रान्सको ओलम्पिक लियोंले जर्मनीको आरबी लेप्जिगलाई २–० ले हराउँदा रुसको जेनिथले पोर्चुगलको बेनिफिकालाई ३–१ ले पराजित ग¥यो ।

च्याम्पियन्स लिग समूह ‘एच’ को खेलमा इंग्ल्याण्डको चेल्सीले फ्रान्सको लिललाई २–१ ले हराउँदा नेदरल्याण्ड्सको आयाक्सले स्पेनको भ्यालेन्सियामाथि ३–० को सहज जित निकाल्यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस