१९औँ वार्षिकोत्सवको अवसरमा माछापुछ्रे  बैंकद्धारा रक्तदान कार्यक्रम

काठमाडौं । माछापुछ्रे बैंक लि. ले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

“रक्तदान नै जीवन दान” हो भन्ने मुल नाराका साथ मिति २०७६÷०६÷१३ गते बैंकको प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहक महानुभावहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १४० वटा शाखाहरु, १२८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २६८ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

साथै सबल, उत्कृष्ठ एंव विस्तारित पहिचान बनाएको माछापुछ्रे बैंकको १९ वर्षको गौरवमय यात्रामा साथ दिनुहुने सम्पूर्ण ग्राहकवर्ग शेयरधनि, नियमनकारी निकाय, कर्मचारी एंव शुभचिन्तक माहानुभावहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि अझ उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

एनएमबी बैंकको एघारौँ ‘हेरिटेज वाक’, सोसाइटीलाई ५ लाख सहयोग

काठमाडौँ । एनएमबी बैंकले एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ। बुधवार बैंकको बल्खु शाखाबाट …

प्रतिकृया दिनुहॊस