ज्योति लाईफ इन्स्योरेन्स एजीएम : ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने

काठमाडौं । यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको दोश्रो वार्षिक साधारणसभा २०७६ आश्विन  १२ गते सम्पन्न भएको छ । साधारणसभाले संचालक समितिको प्रतिवेदन, आ.व. ०७४/७५ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्शान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आ.व. ०७५/७६ को लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पुँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण शेयर जारी गर्ने विशेष प्रस्ताव सहित सम्पुर्ण प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको जानकारी गराएको छ । कम्पनीले रु.१.४१ अर्ब कुल बिमा शुल्क आर्जन गरी रु.२.४० अर्ब जस मध्ये ८५ प्रतिशत उच्च प्रतिफलमुलक निक्षेपमा दिर्घकालिन लगानी गर्न सफल भएको छ ।

कम्पनीले रु.७२.८८ करोडको जीवन बिमा कोष स्थापना, ५७०० भन्दा बढी तालिम प्राप्त तथा दक्ष अभिकर्ताहरुको परिचालन, अन्य कम्पनीहरुले जारी नगरेका अलग्गै विशेषता भएका आकर्षक जीवन बिमा योजनाहरु जारी गर्न कम्पनी सफल भएको जनाएको छ ।

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले पछिल्लो प्रगति विवरण जानकारी गराउने क्रममा कम्पनीले हालसम्म देशैभर १०३ शाखा÷उपशाखा बिस्तार गरेको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस