‘सरौतो’ सिनेमाको दोस्रो गीत रिलिज (भिडियाे)

काठमाडाैँ । ‘सरौतो’ सिनेमाको दोस्रो गीत रिलिज भएको छ । शनिबार सिनेमामा समाविष्ट ‘केही आधा’ बोलको गीत रिलिज गरिएको हो । हरि हुँमागाईंको डेब्यू निर्देशन कार्तिक २२ मा रिलिज हुनेछ। गीतमा सिनेमा मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहलाई देख्न सकिन्छ ।

गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ। भिजिट नेपाल २०२० लाई लक्षित गरि सात प्रदेशका १४ सुन्दर लोकेसनमा सार्वजनिक गीतको भिडियो छायाँकन गरिएको निर्माण टिमले बताएको छ। निर्देशक हरि हुँमागाईको कोरियोग्राफी रहेको गीतको भिडियो छायाँकन गर्न मात्रै १४ दिन लागेको निर्मात्री सिर्जना जोशीले बताइन्।

‘सरौतो’मा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । सिनेमामा सुमीले साइलेन्स किलर गर्लको भूमिका निर्वाह गरेका छिन्। बदलाको कथा भन्ने सिनेमालाई हरि हुमागाईंले निर्देशन गरेका हुन्।

सिनेमामा राघव कृष्ण गौतमको कथा, पटकथा र संवाद रहेको सिनेमामा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस