अरुण तेस्रो आयोजनाको काम २५ प्रतिशत सम्पन्न

संखुवासभा । अरुण तेस्रो जलविद्युत आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ। ९०० मेगावाटको उक्त आयोजनाको कामा निर्धारित समयमै सम्पन्न गर्न तीव्रता दिएको आयोजनाले जनाएको छ।

मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फ्याक्सिदामा भारतीय निर्माण कम्पनी जय प्रकाश एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जिनियरिङ कम्पनीले काम गरिरहेको छ। फ्याक्सिदामा सहायक सुरुङमार्गको काम सम्पन्न गरी मुख्य सुरुङको ७९० मिटर पुर्‍याइएको सतलज कम्पनीले जनाएको छ।  ११ किलोमिटर रहेको सुरुङ मार्ग आठ स्थानबाट खन्ने काम धमाधम चलिरहेको छ।

अरुण तेस्रो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रशारण लाइनको विद्युत् बिस्तार तीव्र बनाएको छ। विद्युतबिना निर्माण कार्यमा ढिलाइ हुने भन्दै निर्माण स्थल साइड फ्याक्सिदा र पावर हाउस दिदिङमा विद्युत् पुर्‍याउन तिरतिरे सब स्टेसनबाट ३३ केभी प्रशारण लाइनको पोल गाड्ने काम सम्मपनी गरी तार टाग्ने काम सुरु गरेको जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध

काठमाडौं । काठमाडौंका विभिन्न स्थानमा आज ९ घन्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । नेपाल …

प्रतिकृया दिनुहॊस