पूर्वाधार विकासमा विश्व बैंकले दिने भयाे ५६ करोड

काठमाडाैँ । बागलुङ नगरपालिकामा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार कार्यक्रम सञ्चालन हुने भएको छ । विश्व बैंकको सहयोगमा शहरी शासकीय क्षमता तथा पूर्वाधार सुधार आयोजनाले दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

कार्यक्रम सञ्चालनका लागि आवश्यक तयारीको थालनी भएको आयोजनाका कायम मुकायम निर्देशक रोशन श्रेष्ठले जानकारी दिएका छन् । आयोजनासँग सम्झौता भएर कार्यक्रम कार्यान्वयनमा आउँदा बागलुङ नगरपालिकाले ५६ करोड रुपैयाँ बजेट पाउने छ । नगरको जनसङ्ख्या, बजेट, भूगोर पूर्वाधारको विकासको अवस्था हेरेर उक्त रकम निर्धारण गरिएको हो ।

नेपाल सरकार र विश्व बैंकबीच ऋण सम्झौताको चरणमा रहेकाले आयोजनाले कार्यक्रम सञ्चालन हुने नगरपालिकासँग छलफल र गोष्ठी गरेर तयारी थालेको हो । शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने यो आयोजनाले पूर्वाधार निर्माण र क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।

यो कार्यक्रम १२ वर्ष पहिले पनि बागलुङ नगरपालिकामा सञ्चालनमा थियो । बागलुङ नगरपालिका सहित देशभरका छ वटा नगरपालिकामा कार्यक्रम चलेको थियो । पाँच वर्ष अवधिको कार्यक्रम अन्तिम चरणमा कार्यान्वयनमा आउँदा छनोटमा परेका योजनाको कामसमेत पूरा नहुँदै कार्यक्रम सकियो । अन्तिम समयमा कार्यान्वयनमा आएको कार्यक्रममा प्रभावित क्षेत्रका सर्वसाधारणको अवरोधले मात्रै कार्यक्रम नै सकिएको श्रेष्ठले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस