सिटी एक्सप्रेस र बेलायतको ईजेड रेमिटबीच रेमिट्यान्स कारोबार शुरु

काठमाडौँ । बेलायतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी ईजेड रेमिट(बीएफसी बैंक) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

कुवेत, बहराईन, मलेसिया, भारत, बेलायत लगायत विश्वभरी रहेको ईजेड रेमिट(बीएफसी बैंक) को ब्रान्च तथा एजेन्टहरुबाट अब सजिलै आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७००० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ईजेड रेमिट(बीएफसी बैंक)को तर्फबाट प्रमुख बित्तीय अधिकृत एम मल्लिकले हस्ताक्षर गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन लाइफले ल्यायो भिडियो KYC सुविधा

काठमाडौँ । नयाँ साल २०८१ लाई लक्षित गरी सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्स कम्पनीहरूमै पहिलो …

प्रतिकृया दिनुहॊस