१६ स्थानीय तहमा अझै पुगेन बैंक, कारोबार गर्न अर्को स्थानीय तहमा पुग्नु पर्ने बाध्यता

काठमाडौं। मुलुकका १६ वटा स्थानीय तहमा अझै पनि बैंकिङ पहुँच पुगेकाे छैनन् । सरकारले गत असारसम्म सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना गर्ने भने तापनि हालसम्म ७ सय ३७ तहमा मात्र बैंक तथा वित्तीय संस्था पुगेका छन् । स्थानीय तहको संख्या ७ सय ५३ रहेको छ । बैंक तथा वित्तीय संस्था सबै स्थानीय तहमा नपुग्दा सो क्षेत्रका स्थानीय तह बैंकिङ कारोबार गर्न अर्को स्थानीय तहमा पुग्न बाध्य छन् ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा‍‍. चीरञ्जीवी नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था स्थापना हुने जानकारी पटकपटक दिँदै आएका थिए । नेपाल राष्ट्र बैंकका अनुसार साउन मसान्तसम्म सुदूर पश्चिम प्रदेशका ६ स्थानीय तह, कर्णाली प्रदेशको ४ स्थानीय तह र गण्डकी प्रदेशको एक स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पुगेको छैन । यसैगरी, प्रदेश ३ का दुई स्थानीय तह, प्रदेश १ का एक र प्रदेश २ का दुई स्थानीय तह पनि बैंकिङ पहुँच बाहिर छन् । प्रदेश ५ मा भने सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार भइसकेकोे छ ।

हाल राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १ सय ७१ वटा रहेकोमा २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार १ सय १९ वटा बैंक तथा वित्तीय संस्थाको शाखा थपिएका छन् । गत आर्थिक वर्षको साउन मसान्तसम्म ८ हजार ६ सय ८६ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा ८ हजार ८ सय ५ पुगेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कामना सेवाद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल, …

प्रतिकृया दिनुहॊस