नेपाल इन्स्योरेन्स ७२ वर्ष पुरा गरी ७३ औ वर्षमा

काठमाडौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड आगामी २ वर्षमा निर्जीवन बीमातर्फ नेपालको नम्बर वान बीमा कम्पनी बन्ने वताएकाे छ । ७२ वर्ष पुरा गरी ७३ औ वर्षमा प्रवेश गरेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले दुई वर्षमा नम्बर वान बन्ने आधारहरु धेरै भएकाे वताएका छन् ।

विगत दुई वर्षमा कम्पनीको व्यवसाय ६० प्रतिशतले वृद्धि भएको छ । आगामी दुई वर्षमा उच्च दरको वृद्धि हासिल गर्ने आधारहरु हामीले तयार गरिसकेका छौं’ सिइअाे शाहले भने ।

आक्रामक बजार विस्तार र मर्जरको प्रक्रियाबाट दुई वर्षमा नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी बन्ने अध्यक्ष र सीईओले धारणा राखे  । स्थापनाको आधारमा सबैभन्दा जेठाे कम्पनी रहेको नेपाल इन्स्योरेन्स कम्पनीका सेवाको आधारमा श्रेष्ठ बन्ने उनको दावी छ । ‘साईबर क्राइम इन्स्योरेन्स हामीले नै पहिलो पटक ल्याएका छौं । हामी बीमालाई गाउँ गाउँ पुर्याउछौ भनिरहेका छैनौ, प्रविधिको प्रयोग गरेर सबैको हातहातमा बीमा पुर्याउने रणनीतिक योजनासहित हामी अगाडि बढेको छौ’ शाहले धारणा राखे ।

यस्तै कम्पनीका नायब महाप्रबन्धक बिक्रान्त पाण्डेले नेपाल इस्योरेन्स कम्पनीले लामो इतिहास बोकेको वताउँदै ‘इतिहासले विश्वास बोक्छ। विश्वासको आधारमा नै बीमा व्यवसाय संचालन हुन्छ । ‘ भने

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाईफ इन्स्योरेन्सको चिफ मार्केटिङ अफिसरमा चौलागाई नियुक्त

काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चिफ मार्केटिङ अफिसरमा गणेश चौलागाई नियुक्त भएका छन् …

प्रतिकृया दिनुहॊस