प्रहरीलाई झुठो सूचनाले दिने एकजना पक्राउ

पोखरा । अपहरणमा परे भन्दै झुठो सूचना दिएर प्रहरीलाई सास्ती दिने पोखराका एक व्यक्ति पक्राउ परेका छन् । पोखरा ११ फुलबारीका ४२ वर्षीय नारायणप्रसाद पौडेललले प्रहरीलाई दुःख दिने नियतले झुठो सूचना दिएकाले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी राजकुमार केसीले जानकारी दिए ।

पौडेलले असोज ४ गते ‘म अपहरणमा परे’ भन्दै कास्की प्रहरीलाई जानकारी गराएका थिए । उनको सूचनाको आधारमा अपहरणकारीको खोजतलासमा लगत्तै प्रहरी जुटेको थियो । त्यसको भोलिपल्ट नै उनी रुपन्देही पुगि स्थानीय प्रहरीलाई समेत आफू अपहरणमा परेको भन्दै सूचना दिएका थिए ।

रुपन्देही प्रहरीसँगको समन्वयमा कास्की प्रहरीले पौडेललाई उद्दार गरी आफन्तको जिम्मा लगाउन आग्रह गरेको थियो । प्रहरी सुरक्षामा कास्की आइपुगेका पौडेल अपहरणमा नै नपरी झुठो सूचना दिएको खुल्न आएपछि उनिमाथि नै प्रहरी अनुसन्धान अगाडि बढाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण

काठमाडौं । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत पहिलो दिनको परीक्षा देशभर शान्तिपूर्ण …

प्रतिकृया दिनुहॊस