केकी अधिकारीसहितका कलाकार सवार गाडी दुर्घटना

रौतहटको कटहरिया १ मा बा २० च ५४१० नम्बरको स्कोर्पियो गाडी दुर्घटनामा नायिका केकी अधिकारी लगायत कलाकार घाइते भएका छन् । उक्त गाडी बिहान ४ बजे सडकबाट ६ फिट तल खसेर दुर्घटना भएको वताइएकाे छ ।

साे गाडीमा फिल्म निर्देशक पुर्नेन्दु झा, नायिका केकी अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी, छायाकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायतका कलाकर्मी रहेका थिए । दुर्घटनामा कलाकारहरुलाई सामान्य चोटपटक  छ। उनीहरु ‘घुङटामे कबले तु रहबु अधिकार अपन माङ हे बहुरिया’ लगायत ४ वटा बजिक्का भाषाका सचेतना गीतको छायाँकनका लागि त्यहाँ गएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

‘रेशम फिलिली’ को सिक्वेल बन्ने, ७ वर्षपछि विनय र मेनुका जाेडी बाँध्दै

काठमाडौं । २०७२ सालको हिट फिल्म ‘रेशम फिलिली’को दोस्रो श्रृंखला निर्माण हुने भएको छ । …

प्रतिकृया दिनुहॊस