विश्वका १५६ देशका जलवायू परिवर्तनका बिरोधीहरुले एकैसाथ र्‍याली निकाले

काठमाडौं । संयुक्त राष्ट्रघको आह्वानमा हुन लागेको शिखर सम्मेलनको पूर्वसन्ध्यामा विश्वका १५६ देशका जलवायू परिवर्तनका बिरोधीहरुले एकैसाथ र्‍याली निकालेका छन् ।

विश्वका सयौं सहरमा प्रदर्शनकारीहरुले जलवायू परिवर्तनबाट आइपर्ने संकटको सामना गर्न सरकारले तुरुन्त कदम चाल्नुपर्ने बताए । १६ वर्षिया स्वीडिस किशोरी ग्रेटा थनबर्गको नेतृत्वमा सुरु भएको जलवायू परिवर्तनविरुद्धको फ्राइडे फर फ्यूचर अभियानले विश्वव्यापी रुप लिएको हो ।

प्रदर्शनकारीहरुले प्लेकार्ड हातमा लिएर नाराबाजी गर्दै जलवायू परिवर्तन अहिलेसम्मकै ठूलो प्रदर्शन गरिएको दावीसमेत गरेका छन् ।गत अगस्टबाट सुरु भएको जलवायू परिवर्तन विरोधी अभियानमा संसारभरका युवाहरु आकर्षित भएका छन् ।

सन् २००३ म स्विडेननमा जन्मिएकी ग्रेटा २०१९ को नोबेल शान्ति पुरस्कारका लागि पनि मनोमनयनमा परेकी छिन् । उनी अघिल्लो महिना मात्र अमेरिका पुगेका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

अमेरिका पुग्न उनले प्रयोग गरेको जहाजमा सोलार प्यानल जडान गरिएको थियो । अभियानका लागि अमेरिका पुगेकी ग्रेटाले आगामी मंगलबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस