सनराइज बैंकको दमौली शाखाले गर्यो डेंगु रोग सम्बन्धी सचेतना

काठमाडौँ । १२ औं बार्षिकोत्सबको अवसरमा सनराइज बैंक दमौली शाखाले बुधबार ब्यास नपा वडा नं २ स्थित केराघारी आधारभूत स्वास्थ्य चौकी र सामाधान हस्पिटल प्रालिको प्राबिधिक सहयोगमा डेंगु रोग सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

व्यास नपा वडा नं २ का वडाध्यक्ष काशिराम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम सनराइज बैंक लिमिटेड दमौली शाखाका शाखा प्रमुख किर्तीमान राणाले संचालन गरेका थिए ।

२०० जना भन्दा बढीको सहभागिता रहेको उक्त कार्यक्रममा समाधान हस्पिटल प्रालिका चिकित्सक डा. श्रीराम चन्द र यास नपा वडा नं २ केराघारी आधारभूत स्वास्थ्य चौकीका प्रमुख सुनिल अधिकारीले डेंगु रोग तथा यसबाट बच्ने उपायहरु बारे बोलेका थिए ।

बंैकले असोज महिनालाई १२ औं वार्षिकोत्सवका अवसरमा विभिन्न १२ विधामा देशभर कार्यक्रमहरु गर्दै जाने जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स तलब बचत खाता : ग्राहकलाई फाइदै फाइदा

काठमाडौं । ‘युओर पाटर्नर फर प्रोग्रेस’ अर्थात् प्रगतिको लागि तपाईंको साथी । यो नारा हो …

प्रतिकृया दिनुहॊस