भक्तपुरमा डेंगीका बिरामी बढे

भक्तपुर । भक्तपुरमा डेंगीका बिरामीको संख्या एक सय ४६ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा बुधबारसम्म एक सय ४६ जनामा डेंगी देखिएको हो । जिल्लाका विभिन्न अस्पतालमा परीक्षणपछि डेंगुको संक्रमण रहेको पत्ता लागेको र उनीहरूको उपचार तथा रोकथामका लागि सचेतनामूलक कार्यक्रम भइरहेको जिल्ला स्वास्थ्य प्रमुख कृष्णबहादुर मिजारले बताए ।

कार्यालयले डेंगी संक्रमितको पहिचान र रेखदेखसँगै संक्रमण हुन नदिन प्रचार–प्रसार कार्यक्रमलाई तीव्रता दिएको छ । जिल्लामा ८ भादौमा डेंगीको संक्रमण रहेको खुलेको थियो । त्यसयता निरन्तर बिरामीको संख्या बढेको बढ्यै छ ।

सबैभन्दा बढी डेंगीका बिरामी भक्तपुर नगरपालिका क्षेत्रमा रहेका छन् । डेंगीको संक्रमण नियन्त्रणका लागि सबै नगरपालिकाका जनप्रतिनिधि र अन्तर्गतका स्वास्थ्य संस्थालाई आग्रह गरिएको स्वास्थ्य प्रमुख मिजारले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

काठमाडौं । सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहॊस