पिएसजीद्वारा रियाल मड्रिड पराजित, म्यान्चेस्टर सिटी र बायर्न म्युनिख विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पिएसजी)ले रियाल मड्रिडलाई पराजित गरेको छ । गएराती फ्रान्समा भएको खेलमा घरेलु टोली पिएसजीले स्पेनको रियाल मड्रिडलाई ३–० ले हराएको हो ।

पिएसजीको जितमा अर्जेन्टाईनी खेलाडी एन्जल डि मारियाले दुई तथा थोमस मुनियरले एक गोल गरे । डि मारिया रियाल मड्रिडकै पूर्व खेलाडी हुन् । च्याम्पियन्स लिगकै अर्को खेलमा बेल्जियमको क्लब ब्रुज र टर्कीको गालातासारेले गोलरहित बराबरी खेलेका छन् ।

युएफा च्याम्पियन्स लिग समुह बि को खेलमा जर्मनीको बायर्न म्युनिखले सर्वियाको रेडस्टार बेलग्रेडलाई ३–० ले हराउँदा ग्रिसको ओलम्पियाकोस र इङ्गल्याण्डको टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेले ।

अर्को इंग्लीश क्लब म्यान्चेस्टर सिटीले भने गएराति युक्रेनको शख्तरलाई ३–० ले हरायो । यही समुहको अर्को खेलमा युक्रेनको डाइनामो जाग्रेबले इटालीको एटलान्टालाई ४–० ले पाखा लगयो ।

समुह डि को खेलमा स्पेनको एथ्लेटिको मड्रिड र इटालीको युभेन्टसले २–२ गोलको बराबरी खेल्दा रुसको लोकोमोटिभ मस्कोले जर्मनीको बायर लिभरकुजेनलाई उसैको मैदानमा २–१ ले पराजित ग¥यो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस