एट्लेटिको मड्रिडसँग बराबरीमा रोकियो युभेन्टस

काठमाडाैँ । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम मिनेटमा अतिरिक्त खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका खेलाडीले गोल गर्दा एट्लेटिको मड्रिडले युभेन्टसलाई २–२ गोलको बराबरीमा रोक्न सफल भयो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा युभेन्टसले २ गोलको अग्रता जोगाउन सकेन । समूह डी अन्तर्गतको खेलमा रोनाल्डोको टिमले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो ।

तर दोस्रो हाफमा भने चार गोल भए । जसमा ४८ औं मिनेटमा जु क्वाडार्डोले गोल गर्दै इटालियन च्याम्पियन युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि ६५ औं मिनेटमा मतुइदीले गोल गर्दै युभेन्टसलाई २–० ले अगाडि राखे ।

२ गोलले पछि परेपछि निकै आक्रामक फुटबल खेलेको एट्लेटिकोले ७० औं मिनेटमा साभिकको गोलमा अन्तर २–१ मा पुर्‍ययो । त्यसपछि ९० औं मिनेटमा सब्सिच्युट खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका हिरीराले गोल गर्दै युभेन्टसले हासिल गरिसकेको अंकलाई खोस्न सफल भयो ।

युभेन्टसका लागि पहिलो पटक च्याम्पियन्स लिगमा डेब्यू गरेका आरोन राम्सेलाई अन्तिम समयमा मैदानमा प्रवेश गराइएको थियो । तर उनले कुनै प्रभाव बनाउन सकेनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस