नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा नेपाल रेडक्रसलाई ५ लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल रेडक्रस सोसाइटीबीच (सीएसआर) अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्घारा नेपाल रेडक्रस व्यवस्थापनलाई रु. ५ लाखको चेक हस्तान्तरण गरिएको थियो ।

रक्तदान संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबर्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पुर्याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो ।

 

एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगत रुपमा सचेत र स्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको हाे ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल मनि विकको सन्दर्भमा विद्यार्थीसंग कृषि विकास बैंक

काठमाडौं । ग्लोबल मनि विकको अवसर पारेर कृषि विकास बैंकले सुनसरी जिल्लाको हरिनगरामा विद्यार्थी संग …

प्रतिकृया दिनुहॊस