एनसेलले ल्यायो ‘मेरो प्लान’

काठमाडौं । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ‘मेरो प्लान’ ल्याएको छ । यसअन्तर्गत ग्राहकले सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवा लिन सक्ने एनसेलको भनाइ छ ।

असोज १ देखि लागू हुने योजनामा प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच ओटा प्लान छन् । ग्राहकले प्लान १९९ अन्तर्गत करसहित २५४ रुपैयाँ १० पैसामा १ जिबी डेटा भोल्युम र १ रुपैयाँ २८ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कल गर्न सक्नेछन् । प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १ रुपैयाँ १५ पैसा प्रतिमिनेट अन नेट भ्वाइस सेवा ३८१ रुपैयाँ ७९ पैसामा सुचारु गर्न सक्छन् । ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ ग्राहकले ६३७ रुपैयाँ १७ पैसामा लिन सक्छन् ।

त्यस्तै, प्लान ७९९ अन्तर्गत १ हजार २० रुपैयाँ २४ पैसामा १५ जिबीका साथै ८९ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सकिन्छ । यस प्लानमा भएको डेटा भोल्युम समयावधि अगावै सकिएमा ग्राहकले ३८३ रुपैयाँ ७ पैसामा थप ७ जिबी डेटा भोल्युम लिन सक्नेछन् ।

मासिक रूपमा बढी डेटाको आवश्यकता रहेका ग्राहकका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले १ हजार २७५ रुपैयाँ ६२ पैसामा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र भ्वाइस सेवा लिन सक्छन् ।

योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महीना स्वतः नवीकरण हुनेछ । प्लान नवीकरण हुनका लागि ग्राहक मोबाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनुपर्छ । मेन ब्यालेन्स प्लान नवीकरण गर्न अपुग भएका खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित २ रुपैयाँ ५४ पैसा र एसएमएस सेवा करसहित प्रतिएसएमएस १ रुपैयाँ २८ पैसामा प्रयोग गर्न सक्नेछन् । यो योजना लागू भएको दिनदेखि ३ महीनाको लागि मान्य हुने बताइएको छ । योजनामा प्रत्येक प्लानमा बन्डलिङ गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफै डेटा बन्द हुने सुविधा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस