ओपोद्वारा आश्विन ६ गते नेपालमा एनाइन २०२० सार्वजनिक गर्ने घोषणा

काठमाडौं । ओपोले आफ्नो लोकप्रिय ए सिरिज अन्तर्गत,जेन जी पुस्ताका लागि विशेष लक्षित नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने मितिको घोषणा गरेको छ । नेपालमा सार्वजनिक हुने तयारीमा रहेको“एनाइन २०२०” कम्पनीले अाउँदाे आश्विन ६ गते सार्वजनिक गर्ने घोषणा गरेको हो । एनाइन २०२० का साथै कम्पनीले सोहीदिन “एफाइभ २०२०” पनि सार्वजनिक गर्ने जानकारी दिएको छ ।

सार्वजनिकको तयारीमा रहेका “एनाइन २०२०” र “एफाइभ २०२०” दूबै मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित उत्पादनहरु हुन् । तथापि अत्याधुनिक सुविधा तथा फिचर्स सम्मिलित यी दूबैफोनमा उत्कृष्ट फोटोग्राफी क्षमता, सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएका छन् ।

फोटोग्राफीका लागि उत्कृष्ट क्यामेरा, बोक्दा प्रिमियम अनुभव दिन आकर्षक डिजाइन र निरन्तर लामो समयसम्म विनाकुनै समस्या चलाउन सकिने ब्याट्री क्षमता सहितका यीदूबै फोनहरु बहुसंख्यक उपभोक्तालाई एकैसाथ समेट्ने सोचका साथ सार्वजनिक गर्न लागिएका हुन् । समग्रमा भन्नु पर्दा ओपो ए सिरिज २०२०ले बहुआयामिकउपभोक्ताका मागको सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेशन जी यूवावर्ग लक्षित छन् ।

उपभोक्ताद्वाराअत्यधिक रुचाइएको ओपो विगत १० बर्षदेखि ओभरसिज बजारहरुमा सक्रिय छ । सन् २००९मा पहिलो ए सिरज मोडल, ए १०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि फोनले अतुलनिय मौखिक लोकप्रियता पाइरहेको छ ।

ओपो एनाइन २०२० बारे संक्षिप्त जानकारी

ओपो एनाइन २०२० मा उपलब्धगरिएको ४८ एमपी अल्ट्रा (वाइड(एंगल क्वाड क्यामेराले हरेक किसिमका शुटिङ एंगल र परिस्थितीमाप्रयोगकर्ताकाआवश्यकता पूरा गर्ने क्षमता राख्छन् । यसको क्यामेराले अल्ट्रा नाइट मोड २.०, अल्ट्रा वाइड फोटोग्राफी र आर्टिस्टिक पोट्रेट स्टाइलको पूर्ण रेञ्जसपोर्ट गर्छ । त्यसैगरी, यसमा रहेको १६एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्तालाई ट्रेण्ड तथातिनका ईच्छा अनुसार परिमार्जनमा सघाउन एआई ब्यूटिफिकेसन प्रविधिको पनिप्रयोग गर्छ ।

भिडियो शुटिङपनि कम्पनीले उत्कृष्टता दिने प्रयास गरेको छ । यसमा रहेको फोरके भिडियो प्रविधिले सुदृढ ईफेक्ट्स मार्फत स्पष्ट भिडियो, अझजीवन्त रंग तथा दृष्य सम्प्रेषणमा सघाउँछ । साथै, यसमा रहेको भिडियो स्टेबिलिटी प्रविधिमार्फत प्रयोगकर्ताले स्थिर र ब्यवसायिक देखिने भिडियो खिच्न सक्छन् ।

१९ घण्टासम्म लगातार मोबाइलप्रयोगकको सुविधादिने क्षमता सहितको यो फोनमा रहेको ५ हजार एमएएच ब्याट्रीले प्रयोगकर्तालाई लामो समय सम्मफोनको निरन्तर प्रयोग गर्न सघाउँछ । ओपोको ए सिरिजमा ठूलो र सुदृढ गुणस्तरिय आवाज दिने क्षमता सहितको डुअल स्टेरियो स्पिकर्स र रोमाञ्चकआवाज सम्प्रेषणका लागि डल्बि एट्मोस साउण्ड इफेक्टपनि उपलब्ध गरिएको छ । यसले भिडियो, गेमिङ लगायतकार्यका लागि उत्कृष्ट अनुभव प्रदान गर्न सघाउँछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कीर्तिमान बनाएको सुनको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको सुनको मूल्य आज (मंगलबार) घटेको छ । सोमबार …

प्रतिकृया दिनुहॊस