क्यानडाको उच्च बेबि ब्राण्ड bblüv अब नेपालमा

काठमाडाैँ । क्यानडामा बच्चाहरुको निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड  bblüv  को अब नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता IMS Group अन्तर्गत IMS Little Smiles कम्पनीले bblüv  को सामग्रीहरु भित्र्याएको छ ।

साना बच्चाहरुका लागि कम्पनीको आफ्नै सोरुम IMS Little Smiles सिटी सेन्टर, कमल पोखरी स्थित छ जुन नेपालकै पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुम हो ।

आफ्नो अमुल्य ग्राहकहरुका लागि उत्कृष्ट अन्तराष्ट्रिय बेबी ब्राण्डहरु जस्तै Dr. Brown’s , Crane & Himalay Baby Care का साथसाथै bblüv का प्रायजस्तो सामानहरु नेपालमा पहिलो पटक सोरुममा उपल्ब्ध छ ।

क्यानडियन ब्राण्ड bblüv ले बच्चाहरुलाई feeding, grooming, bath time, outdoors लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्नेछ जसले बच्चाहरुको जिवन सरल बनाउन मद्दत गर्नेछ । bblüv ले गुणस्तरीय उत्पादनहरु प्रदान गर्छ, जुन सुरक्षित टिकाऊ, आकर्षक हुनेछ जसले बच्चाको जीवन सरलकृत गर्दछ ।

कम्पनीले bblüv को उत्पादनहरु Smart Doko बाट पनि उपलब्ध गराएको छ । जुन नेपालको एक अग्रणी अनलाईन मेगा स्टोर रहेको छ । “नेपालमा बच्चाहरुका लागि अर्काे अन्तर्राष्ट्रिय बाण्ड bblüv को वितरक गर्न पाउँदा हामी, हर्षितका साथसाथै गर्व पनि छ ।

हाम्रा राष्ट्रका नागरिकहरुलाई अमुल्य सेवा र उत्पादनहरु प्रदान गर्ने हाम्रो दृष्टिकोणको साथ, हामी हाम्रो उपभोक्ताको आवश्यकताहरु पूरा गर्न चाहन्छौं । साथसाथै अब देश भित्रनै  अन्तर्राष्ट्रिय ब्राण्ड bblüv का विभिन्न सामानहरु सुलभ तथा सहज ढङ्गमै खरिद गर्न सकिनेछ ।

आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानुपर्ने अवस्थाको पनि अन्त हुने विश्वास हामीले लिएका छौं । साथै निरन्तर सुधार र प्रत्येक पक्षमा यहाँहरुको अनुभव बृद्धि गर्दछौं” –  IMS Group अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले कम्पनीका बारेमा जानकारी दिनुभयाे ।

IMS Group बारे

IMS Group एक निरन्तर रुपमा सबैभन्दा चाँडै बढ्दै आएको संगठन हो जसको २० वटा भन्दा बढि कम्पनी रहेको छ ।

IMS, नेपालको लागि SAMSUNG SMARTPHONE को राष्ट्रिय स्तरको विक्रेता हो साथै नेपालमा पहिलो पटक १९९८ मा आधिकारीक रुपमा माेबाइल आयात गर्ने पहिलो कम्पनी हो ।

विगत २६ वर्षको अन्तरालमा यो कम्पनी विविध क्षेत्रहरुमा बढ्दै आईरहेको छ, यो कुरा IMS Group संग आबद्ध कम्पनीको संख्याबाट स्पष्ट रुपमा देख्न सकिने कम्पनीले जानकारी दिएकाे छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस