कुवेती दिनारको भाउ बढ्यो, कोरियन वन घट्यो

काठमाण्डौ । सोमबार कुवेती दिनारको भाउ केही पैसा बढेको छ भने कोरियन वनको भाउ केही घटेको छ । अमेरिकी डलरसहित अरु विदेशी मुद्रा भने स्थिर छ।

सोमबार नेपाल राष्ट्रबैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ १७ पैसा र बिक्रीदर ११३ रुपैयाँ ७७ पैसा नै रहेको थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा पुुगेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ १७ पैसा र बिक्रीदर ३० रुपैयाँ ३३ पैसा नै रहेको थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा नै रहेको थियो ।

आज ओमानी रियाल १ को खरिददर २९४ रुपैयाँ ६९ पैसा रहेको छ । हिजो खरिददर २९४ रुपैयाँ ४२ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९७ पैसा रहेको थियो ।

रिंगिट १ को खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा पुगेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ १८ पैसा बिक्रीदर २७ रुपैयाँ ३२ पैसा रहेको थियो।

कोरियन वनको भाउ भने केही घटेको छ । वन १ सयको खरिददर ९ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९ रुपैयाँ ६४ पैसा पुगेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको थियो ।

आज कुवेती दिनारको भाउ भने केही पैसा बढेको छ । दिनार १ को खरिददर ३७२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ६८ पैसा पुगेको छ । हिजो खरिददर ३७२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७४ रुपैयाँ ४३ पैसा रहेको थियो ।

यस्तै बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ ११ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७० पैसा पुगेको छ । हिजो पनि खरिददर ३०० रुपैयाँ ११ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ७० पैसा रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको भाउले तोड्यो कीर्तिमान, एकैदिन २१ सयले बढेर १ लाख ३० हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला …

प्रतिकृया दिनुहॊस