प्रकाशप्रसादको अर्को पुस्तक सार्वजनिक

काठमाडौं । अल इण्डिया रेडियोमा ४२ वर्ष उदघोषण गरेर अवकास जीवन बिताइरहेका सञ्चारकर्मी प्रकाशप्रसाद उपाध्यायद्वारा लिखित ‘गणतन्त्रका प्रणेता रामराजा प्रसाद सिंहसँगका अन्तरङ्ग कुराहरू’ सार्वजनिक भएको छ ।

काठमाडौंमा शुक्रबार रामराजाप्रसाद सिंह स्मृति प्रतिष्ठानद्वारा आयोजित गणतन्त्रवादी नेता सिंहको ७औँ स्मृति सभाका प्रमुख अतिथि पुराना बामपन्थी नेता कृष्णराज वर्मालगायतका अतिथिहरूले उक्त पुस्तक सार्वजनिक गरे । कार्यक्रममा प्रमुख अतिथि कृष्णराज वर्माले रामराजाप्रसाद सिंहका बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रतिष्ठानका अध्यक्ष डा. मनोज प्रसाद सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्जुननर्सिङ केसी, खेमराज भट्ट मायालु, कमल चौलागाई, राम कार्की, शंकरलाल श्रेष्ठलगायत पुस्तकका लेखक प्रकाशप्रसाद उपाध्यायले पनि बोलेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस