मेषको ‘ढुकढुकी’मा केकीसंग रिजनको मायापिरती (भिडियोसहित)

काठमाडौँ । मेष बहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । कौशिला कार्की बस्नेत निमात्री रहेको उक्त भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

मेष बहादुर बस्नेतको शब्द तथा रुवरुप राज आचार्य र मेलिना राईको स्वर रहेको गीतमा आरपी लामिछाने (रामु दाई)ले संगीत भरेका छन् । रुवरुप राज आचार्य र मेलिना राईले पहिलो पटक संगै गाएका हुन् ।

भिडियोमा केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेत लगायतको अभिनय रहेको छ । भिडियोलाई मदन काश्यप घिमिरेले छायाङ्कन गरेका छन् । म्यूजिक भिडियोलाई यादव कुमार भट्टराईले निर्देशन गरेका हुन् भने लोमस चापागाईं र मिलन भण्डारीले सहायक निर्देशन गरेका छन् ।

यस्तै उज्वल ढकालले दृष्य सम्पादन गरेका छन् भने ड्रोन रोनिश तामाङको तथा संगीत संयोजन रकेश ओली, संगीत सम्पादन श्यामश्वेत रसाइलीले गरेका हुन् ।

लजिक मिडिया र मिडिया फर कल्चरको उत्पादनमा बनेको उक्त गीतलाई धुलिखेलको होटेल सारथीलगायत काभ्रेका विभिन्न ठाउँमा छायाङ्कन ठाउँमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस