बास्केटबल विश्वकप : साविक विजेता अमेरिका पराजित

काठमाडौं । बास्केटबल विश्वकपमा साविक विजेता अमेरिकाले लगातार दोस्रो हार भोगेको छ । क्वाटरफाईनलमा फ्रान्ससँग पराजित भएको अमेरिकालाई पाँचौ स्थानका लागि भएको प्ले–अफ् खेलमा सर्वियाले ९४–८९ को स्कोरमा पराजित गर्‍यो ।

सन् २००६ देखि कुनैपनि खेल नहारेको अमेरिकाले पछिल्लो तिन दिनमा दुई हार व्यहोरेको हो । अमेरिकाले अब सातौं र आठौं स्थानको लागि हुने प्ले–अफ् खेलमा पोल्याण्डको सामना गर्नेछ ।

हिजो भएको अर्को खेलमा चेक रिपब्लीकले पोल्याण्डलाई ९४–८४ ले हराएको थियो । बास्केटबल विश्वकपका सेमिफाइनल खेलहरु आज हुँदैछन् । सेमिफाइनलमा स्पेन र अष्ट्रेलिया तथा अर्जेन्टिना र फ्रान्स भिड्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस