कंगोमा रेल दुर्घटना : ५० जनाको मृत्यु

काठमाडौं । कंगोमा बिहीबार भएको एक रेल दुर्घटनामा कम्तीमा ५० जनाको मृत्यु भएको छ भने कैयन घाइते भएका छन् ।
स्थानीय समय अनुसार बिहान ३ बजेतिर ताङगणन्यिक प्रान्तको मायिबारीदीमा रेल दुर्घटना भएको हो ।

कंगोका मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले दुर्घटनाको पुष्टि गर्दै कम्तीमा ५० जनाको मृत्यु भएको जनाएका छन् । दुर्घटनामा २३ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने इन्डिपेन्डेन्टले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस