जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने

काठमाडौं । जीवन बिमा गर्नेलाई खुसीको खबर छ । अबदेखि जीवन बिमा गर्ने बिमितको बोनसदर बढ्ने भएको छ । बिमा समितिले बिमकको बिमाङ्कीय निर्देशिका जारी गर्दै जीवन बिमा गर्नेहरुको बोनसदर बढ्ने व्यवस्था गरेको हो ।

निर्देशिकामा भएको व्यवस्था अनुसार बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार जजीवन बिमा व्यवसायमा भएको बचत  (कर्मचारीलाई बोनस छुट्याउनु अगाडि) को घटीमा नब्बे प्रतिशत रकम बिमालेख लिनेको कोषमा सार्नुपर्नेछ ।

समितिमा पेश हुन आएको बिमाङ्कीय प्रतिवेदनको आधारमा आवश्यक परेमा समितिले सेयरधनी कोषबाट बिमा लेख लिनेको कोषमा रकम सार्न तथा अन्य आवश्यक निर्देशन दिन सक्नेछ ।

यस्तै समितिबाट स्वीकृत बिमाङ्कीय मूल्यांकन प्रतिवेदन अनुसार बिमितलाई प्रदान गरिने मुनाफा दर मुनाफा अवधिको शुरु मिति देखि नै लागू गर्नु पर्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस