‘रातो टिका निधारमा’ सिनेमाको आधिकारिक पोस्टरहरू सार्वजनिक

काठमाडाैँ । रिलिज मिति नजिकिदैं गर्दा ‘रातो टिका निधारमा’ले आफ्नो आधिकारिक पोस्टरहरू सार्वजनिक गरेको छ। असोज  १० गते रिलिज हुने सिनेमा सिनेमाका चार पोस्टर सार्वजनिक गरिएको हो।

अशोक शर्मा निर्देशित सिनेमाको पोस्टरमा मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मासहित सिनेमाका कलाकारहरूलाई समावेश गरिएको छ। पोस्टरमा दुबैलाई रोमान्टिक अवतारमा पेस गरिएको छ।

सिनेमामा साम्राज्ञी र अंकितका अलावा रविन्द्र झा, नीता ढुंगाना, खुस्बु खड्का, बुद्दि तामाङ, बसुन्धरा भुषाल, शिवहरि पौडेल, जयनन्द लामा, लक्ष्मी गिरी, अरुणा कार्की, राजराम पौडेल, कमला रेग्मी आदिको अभिनय रहेको छ।

सिनेमाले शुक्रबार आफ्नो शीर्ष गीत सार्वजनिक गर्दैछ । शम्भुजित बाँस्कोटाको संगीत रहेको उक्त गीतमा प्रमोद खरेल र मेलिना राई स्वर दिएका छन् । सिनेमामा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायाँकन, मित्र देव गुरुङको सम्पादन, राजेश शाहको भिएफएक्स छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एलिना चौहानले कसिन् लगनगाँठो

काठमाडौं । चर्चित गायिका एलिना चौहान विवाह बन्धनमा बाँधिएकी छिन् । चौहानले बागलुङका विष्णु सापकोटासँग …

प्रतिकृया दिनुहॊस