????????????????????????????????????

बालसाहित्यको भाषा मानकीकरणबारे विमर्श

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठान, बालसाहित्य तथा लोकवार्ता विभागद्वारा प्रज्ञा भवनमा बालसाहित्य सम्बन्धी विचारगोष्ठीको आयोजना गरिनुका साथै अर्धवार्षिक पत्रिका ‘बालप्रज्ञा’ र ‘प्रज्ञा नेपाली बालकथा’ सार्वजनिक गरियो।

‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक उक्त गोष्ठीमा बोल्दै प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले यसअघि प्रज्ञा–प्रतिष्ठानबाट बालसाहित्यका क्षेत्रमा त्यति ध्यान पुग्न नसकेको महसुस गरेर यसपटकको प्राज्ञपरिषद्ले बालसाहित्यप्रधान पत्रिका ‘बालप्रज्ञा’ प्रकाशन गर्ने निर्णय गरेको सुनाउँदै बालसाहित्यको विकासका लागि ‘बालप्रज्ञा’को भूमिका महत्वपूर्ण हुने बताए। उनले भने, ‘अबका दिनमा बालसाहित्यलाई प्राथमिकतामा राखेरै योजनाहरू बनाइने छ।’

प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति एवम् वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले बालसाहित्य लेखनमा भाषा मानकीकरणको आवश्यकताको महसुस गरी आयोजना गरिएको गोष्ठी सार्थक भएको विचार व्यक्त गरे। उनले प्रज्ञा–प्रतिष्ठान स्थापना भएको ६२  वर्षपछि  पहिलो पटक बालसाहित्यमा भाषा मानकीकरणका लागि बहस सुरु गरेकोमा खुसी व्यक्त गर्दै बालबालिका मुलुकका कर्णधार भएकाले बालसाहित्य लेखक संवेदनील हुनुपर्ने बताए। सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले ‘बालसाहित्यका लागि अपेक्षित भाषा, विषय र बिम्ब छनोट’ विषयक गोष्ठी उपलब्धिमूलक भएको बताउँदै अबका दिनमा यसक्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले अझै प्रभावकारी काम गर्ने बताए।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कविता : बादल लागेपछि

(२०७८ सालमा पार्टी फुटकाे प्रभाव)

प्रतिकृया दिनुहॊस