म्याग्दीमा पढ्दा पढ्दै विद्यालय भत्कियो

म्याग्दी । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको एक विद्यालय भवन भत्किएपछि कक्षामा पढ्दै गरेका विद्यार्थीको भागाभाग भएको छ । मंगलबार दिउँसो कक्षा चलिरहेको समयमा ओखरबोट माध्यमिक विद्यालयको पुरानो भवन भत्किएको हो ।

दिउँसो अचानक कक्षा ६ को कोठाको गाह्रो (पर्खाल) भत्किएपछि पढ्दै गरेका विद्यार्थीको भागाभाग भए पनि कसैलाई केही नभएको विद्यालयका प्रधानाध्यापक नवीन कार्कीले बताउनुभयो । विद्यालय भवनको तल्लोपट्टि पहिरो गएका कारण भवन भास्सिएको र जुनसुकै बेला पूरै भवन भत्कन सक्ने अवस्थामा रहेको बताइएको छ ।

कक्षा कोठाको पर्खाल भत्किएपछि कक्षा ६ का विद्यार्थीलाई कक्षा १ को कोठामा र कक्षा १ का विद्यार्थीलाई बाल कक्षामा राखेर पढाइएको प्रधानाध्यपक कार्कीले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाबाट इलाम-२ मा मिलन लिम्बु उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी रास्वपाले इलाम–२ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ …

प्रतिकृया दिनुहॊस