ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले काउण्टर र एटीएम राख्ने

काठमाडौं । एन आई सी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटीएम ललितपुर जिल्ला अदालत परिसरमा संचालनमा ल्याउने सम्झौता भएको छ ।

एन आई सी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेलबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटीएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको हो ।

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे ।

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जीवाश्म इन्धनको प्रयोग अन्त्य गर्ने विश्वव्यापी आह्वानमा एनएमबी बैंक सामेल

काठमाडौँ । एनएमबी बैंक लिमिटेडले ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) का १७ प्रतिष्ठित …

प्रतिकृया दिनुहॊस