५६ जिल्लामा डेंगु, यस्ता छन् डेंगुका लक्षण 

काठमाडौं ।  डेंगुको संक्रमण डरलाग्दो बन्दै गएको छ । गत वैशाख अन्तिम सातादेखि सुनसरीको धरानमा डेंगु पहिलो पटक देखिएको थियो । स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमण ५६ जिल्लामा फैलिसकेको जनाएको छ।
अहिलेसम्म प्रदेश १ को ९ , प्रदेश २ को ७, प्रदेश ३ को १२, गण्डकी प्रदेशको १०, प्रदेश ५ को ११, कर्णाली प्रदेशको २ र सुदूरपश्चिम प्रदेशको ५ जिल्ला गरी देशभर ५६ जिल्लामा डेंङ्गुको संक्रमण  महामारीकारुपमा फैलिएको हो ।

हालसम्म डेंगुको संक्रमणबाट ६ जनाको मृत्यु भएको पनिल महाशाखाले जनाएको छ । मृत्यु हुने मध्ये काठमाडौँमा २ र सिन्धुपाल्चोक, सुनसरी, चितवन र डोटीमा एक/एक जना रहेका छन् । साउन १ गते देखि भदौ २२ गते सम्म ३ हजार ८ सय ९९ जना डेंगुको नयाँ बिरामी थपिएको महाशाखाले जनाएको छ ।

थपिएको यो संख्या सँगै वैशाखदेखि यता बिरामीको संख्या ७ हजार बढी छ । प्रदेश ३ मा अहिलेसम्म ४ जनाको मृत्यु भएको छ । साउनदेखि यता २ हजार १० जना नयाँ बिरामी थपिएका छन् । डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्दछ । लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्दछ ।

वर्षाको समय सुरुभएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्दछ । सुरु भएपछि ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा डाबरहरु आउने, अरुचि हुने, जोर्नी तथा मांसपेशीहरु बेस्सरी दुख्ने, रातो बिबिरा देखिनु डेंगुका लक्षणहरु देखा पर्छन् ।
डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै प्रमुख उपाय हो । त्यसका लागि घरवरिपरि सरसफाइमा ज्यान दिने, शरीर ढाक्ने कपडा लगाउने, झूलभित्र सुत्ने गर्नुपर्छ । यदि डेंगु संक्रमणको आशंका भए तुरुन्त स्वास्थ्य संस्थामा परीक्षणका लागि गईहाल्नुपर्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सडक बालबालिका मुक्त घोषणा गर्नेगरी काम गर्न परिषद्लाई मन्त्री चौधरीको निर्देशन

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सडक बालबालिका मुक्त घोषणा गर्नेगरी …

प्रतिकृया दिनुहॊस