नयाँ ए सिरिज २०२० सार्वजनिक गर्ने ओपोको तयारी

ओपोले नेपालमा ए सिरज २०२० अन्तर्गत नयाँ स्मार्टफोनहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । सार्वजनिकको तयारीमा रहेका लोकप्रिय ए सिरिज अन्तर्गतका उत्पादनहरुमा “एनाइन २०२०” र “एफाइभ २०२०” रहेका छन् । मध्यम बर्गिय स्मार्टफोन बजार लक्षित ओपोका सार्वजनिकको तयारीमा रहेका उत्पादनले उत्कृष्ट फोटोग्राफी दिनुका साथै यसमा सुन्दर डिजाइन र लामो समय टिक्ने ब्याट्रीपनि उपलब्ध गरिएको छ । समग्रमा भन्नुपर्दा ओपो ए सिरिज २०२०ले विभिन्न आवश्यकता सहितका उपभोक्ताहरुको माग सम्बोधन गर्नुका साथै विशेषगरी, जेनरेशन जी यूवाहरुका लागि उत्कृष्ट हुने बताइएको छ ।

ए सिरिजको यात्रा

विगत १० बर्षदेखि ओपो ओभरसिज बजारहरुमा सक्रिय छ । ओपो ए सिरिजलाई वैश्विक बजारमा उपभोक्ताहरुले अत्यधिक रुचाएका पनि छन् । सन् २००९मा पहिलो ए सिरज मोडल, ए १०० थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि अतुलनिय मौखिक लोकप्रियताका साथमा रुचाइएको छ ।

विगता १० बर्षमा अत्यधिक यूवा जमातले ओपो ए सिरिजलाई आफ्नो पहिलो स्मार्टफोनका रुपमा छनोट गरेका छन् । तिनले स्मार्टफोनको प्रयोगका बारेमा जान्नुका साथै यसमा रहेका क्यामेरा र एप्स लगायत प्रविधिले प्रयोगकर्तालाई सामाजिक हुने नयाँ तरिका खुलाउनुका साथै जीवनमा रहेका अनगिन्ति सम्भावना समेत औल्याउन सघाएको छ । यस दौरान ओपोले समय सान्दर्भिक नयाँ मोबाइल ट्रेण्ड्ससंग परिस्कृतिकरणपनि अपनाउँदै गएको छ । अहिले स्मार्टफोन फोन गर्ने वा उठाउने उपकरणमा मात्र सिमित नरही ब्यक्तिगत सहयोगीका रुपमा समेत स्थापित हुँदै गइरहेको छ ।

जेनरेशन जी पुस्ताका आवश्यकताको समग्र समाधान

जीवनमा उत्कृष्टताको खोजी गर्दा गर्दै सम्झौता गर्नुपर्ने बाध्यताको अनुभव गरिरहेका यूवा जमातका लागि ओपो ए सिरिज २०२०ले थप सम्भावना प्रशस्त गरिदिएको छ । यसमा रहेको परिस्कृत ४८ एमपी अल्ट्रा वाइड क्वाड क्यामेरा, डुअल स्टेरियो स्पिकर्स र ५ हजार एमएएच अल्ट्रा ब्याट्रीले प्रयोगकर्तालाई उपभोक्तालाई उत्कृष्टताको अनुभवका लागि मार्ग खुल्ला गरिदिएको छ ।

ए सिरिज २०२० नाम सहित सार्वजनिक हुने तयारीमा रहेको यो मोबाइल नयाँ दशकको सुरुवात र मोबाइल प्रयोगकर्ताका नयाँ पुस्तालाई स्वागत गर्ने सोचका साथ भित्राउने तयारी थालिएका

बारेमा news

यॊ पनि हेर्नुहॊस

सुजल डेरीले ल्यायो ‘सफल ह्याप्पी काउ मिल्क’

काठमाडौँ । सुजल डेरीको सफल ह्याप्पी काउ मिल्क अब काठमाडौँ बजारमा उपलब्ध भएको छ । …

प्रतिकृया दिनुहॊस