डोरियन आँधीका कारण बहमासमा भयानक क्षति

बहमास । बहमासमा समुद्री आँधी डोरियनका कारण भएको क्षति परमाणु बमका कारण हुने क्षति जस्तै रहेको बताइएको छ । आँधीले गरेको क्षतिको अनुगमनका लागि गएका अमेरिकी दातृ निकाय युएसएडका प्रमुखले बहमासमा डोरियनका कारण भएको क्षति परमाणु बमको जस्तै रहेको बताएका हुन् ।

युएसएडका प्रमुख मार्क ग्रीनले विमान मार्फत बहमासमा भएको क्षतिको अनुमगन गरेका हुन् । उनले ग्राण्ड बहमास र एबाकोस आइल्याण्डको अवलोकन गरेका छन् । बहमासमा गएको हप्ताको आइतबार डोरियन आँधी पुगेको थियो । क्याटगोरी फाइभको आँधीका कारण त्यहाँ प्रतिघण्टा ३०० किलोमिटरको गतिसम्ममा हावा चलेको थियो ।

आँधीका कारण बहमासमा ज्यान गुमाउनेको संख्या हालसम्म ४३ पगेको छ । तर यो संख्या अझै बढ्न सक्ने छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले डोरियनका कारण भएको क्षति भयानक र विनाशकारी रहेको बताएका छन् ।

अनुगमनपछि युएसएडका प्रमुख ग्रीनले समाचार संस्था रोयटर्ससँग भनेका छन्, ‘आँधीका कारण भएको क्षति देखेर म स्तब्ध भएको छु ।’आँधीका कारण प्रभावित भएकाहरुलाई तत्काल अस्थायी आवास, स्वास्थ्य सेवा, खाद्यान्न र पानी उपलब्ध गराउनका लागि युएसएडले बहमास सरकारसँग सहकार्य गरिरहेको उनले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी गर्नेसम्बन्धी समझदारी

काठमाडौं । फोनपे र जीएलएन इन्टरनेसनलबीच क्रस-बोर्डर क्यूआर भुक्तानी प्रदान गर्नेसम्बन्धमा समझदारी भएको छ । …

प्रतिकृया दिनुहॊस