मेलिना र एसबिको ‘लागेन टुङगो’ (भिडियो)

काठमाडौं । संचारकर्मी एवम् गायक एसबि साउदले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । ‘लागेन टुङ्गो’ बोलको गीतको भिडियो उनले भर्खरै सार्वजनिक गरेका हुन् । भिडियोमा गम्भिर बिष्ट र जुना सुन्दासको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

गीतमा लोकप्रिय गायिका मेलिना राईले उनलाई साथ दिएकी छिन् । साउदको आफ्नै शब्द र संगीत रहेको गीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोको निर्देशन गम्भिर विष्टले गरेका छन् भने कोरियोग्राफीको भूमिका सुबोल थापाले निर्वाह गरेका छन् । भिडियो ओएसआर डिजिटलले सार्वजनिक गरेको हो ।

पत्रकारिता र संगीतलाई सँगै अगाडि बढाउँदै आएका टीकापुरका स्थायीबासी साउँद हाल अनानमरस्थित रेडियो मिर्मिरेमा समाचार सम्पादकका रुपमा कार्यरत छन् । उनी पाश्र्व गायनमा समेत सक्रिय नयाँ पुस्ताका आशालाग्दा प्रतिभाका रुपमा देखिएका छन् ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गोलरक्षक एञ्जिलाको संघर्षमा आधारित फिल्म अञ्जिला’ माघमा प्रदर्शनमा आउने

काठमाडौँ । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको …

प्रतिकृया दिनुहॊस