युरोकप २०२० छनौट : स्पेनको सहज जित

काठमाडाैँ । युरोकप फुटबल २०२० को छनौटमा स्पेनले प्रभावशाली जितको यात्रा कायम राखेको छ । समूह एफ अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले ४–० को शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा स्पेनले फारोइ आइल्याण्डलाई पराजित गरेको हो । स्पेनको जितमा रोड्रिगोले दुई तथा पाको अलकेसरले दुई गोल गरेका हुन् । पहिलो हाफमा एक गोल गरेको स्पेनले दोस्रो हाफमा थप दुई गोल गरेको हो । १३ औँ मिनेटमा रोड्रिगोको गोलबाट स्पेनले सुरुवाति अग्रता लियो । ५० औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

खेल सकिन केही मिनेट मात्रै बाँकी हुँदा अलकेसरले गोल गरेका हुन् । ८९ औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गरेका उनले इन्जुरी समयको दोस्रो मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ४–० को सहज जिद दिलाए । यो जितपछि स्पेनले युरोकपमा आफ्नो स्थान पक्का गर्ने लगभग निश्चित भएको छ । उसले समूह चरणमा लगातार ६ खेल जितेको छ ।

आइतबार राति नै भएको सोही समूहको खेलमा स्वीडेनले नर्वेसँग १–१ को बराबरी खेलेको छ भने माल्टा रोमानियासँग १–० ले पराजित भएको छ । स्वीडेनको ११ तथा रोमानियाको १० अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्ने नेपालको टिम घोषणा (सूचीसहित)

काठमाडौं । आइसीसी टि२० विश्वकपको तयारीका लागि वेस्ट इन्डिज ए विरुद्ध खेल्ने सिरिजका लागि नेपालले …

प्रतिकृया दिनुहॊस