अमेरिकाद्धारा तालिवानी लडाकूहरुसँगकाे वार्ता रद्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरेको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले तालिवानी वरिष्ठ नेताहरुसँगको भेटपछि अमेरिकाले यस्तो निर्णय लिएको बताएका हुन् ।

उनले क्याम्प डेभिडमा तालिवानी वरिष्ठ नेताहरुसँग भेट वार्ता गरेको पनि बताएका छन् । अफगानीस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

बिस्फोटमा एक अमेरिकी सैनिकसहित १२ जनाको मृत्यु भएको थियो । अफगानिस्तानका लागि विशेष विशेष अमेरिकी राजदुत जल्मे खलीलजादले सोमबार तालिवानीसँग् वार्ता हुने मिति तय भएको बताएका थिए ।

तर वार्ताको एक दिन अघि नै राष्ट्रपति ट्रम्पले तालिवानीहरुसँग वार्ता नगर्ने घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ । प्रस्तावित सम्झौतामा अमेरिकाले २० हप्ताभित्र अफगानिस्तानबाट पाँच हजार भन्दा बढी सैनिक फिर्ता लैजाने उल्लेख गरिएको छ ।

सन् २००१ देखि अफगानिस्तानमा अमेरिकी सेनाले हमला गर्न थालेपछि विद्रोहीको निशानामा परेर मारिएका तीन हजार पाँच सय भन्दा बढी विदेशी सैनिकमध्ये दुई हजार तीन सय अमेरिकी सेना रहेको बताइएको छ । आक्रमणमा अहिलेसम्म ३२ हजार भन्दा बढी सर्वसाधारणको मृत्यु भएको राष्ट्रसंघीय मानवअधिकार आयोगको प्रतिवेदनमा उल्लेख छ । – एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस