निजामती सेवा दिवस : सेवा प्रभावकारी बन्न नसकेको गुनासो

काठमाडौँ । देशभरिका निजामती कर्मचारीले आइतबार निजामती सेवा दिवस मनाउँदै छन् । विसं २०१३ भदौ २२ गते पहिलो निजामती सेवा ऐन जारी गरिएका अवसरमा २०६१ सालदेखि सेवा दिवस मनाउन थालिएको हो ।

प्रशासनको मेरुदण्डका रुपमा रहेको निजामती अन्य सेवालाई समेत निर्देशन र नियमन गर्ने भए तापनि सोचे जस्तो काम गर्न सकेको छैन ।दिवस मनाइरहँदा निजामती सेवामा सक्षम, उत्कृष्ट कर्मचारी भए तापनि सेवा प्रभावकारी बन्न नसकेको गुनासो आइरहेका छन् ।

सरकारका नीति कार्यान्वयन गराउने संस्थाका रुपमा रहेको निजामती प्रशासनले खासै विकास निर्माणमा समेत भूमिका खेल्न नसकेको आरोप लाग्दै आएको छ । पूर्वमुख्यसचिव विमल कोइरालाले नेपालको निजामती सेवाले सोचेको जस्तो काम गर्न नसकेको बताउँछन् । मुलुकको विकास र जनताको सेवासँग प्रत्यक्ष संलग्न निजामती सेवा जुन ढङ्गले काम गर्नुपर्ने हो त्यो हुन नसकेको उनको भनाई छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालले नेपालका निजामती प्रशासन सक्षम भए पनि परिमाण देखाउन नसकेको आरोप लाग्ने गरेको बताउँछन् । उनले पहिलेको तुलनामा निजामती सेवा सुधारिँदै परिस्कृत हुँदै जनमुखी बन्दै गइरहेको बताए ।

प्रशासनविद् शारदाप्रसाद त्रिताल नेपालको कर्मचारी प्रशासन दिशाहीन भएको बताउँछन् । उनले सरकारले नै कर्मचारीतन्त्र कस्तो बनाउने भन्ने कुनै योजना नभएकाले दिशाहीनबाटोमा हिँडेको बताए । मुलुकका कर्मचारीतन्त्रलाई सही दिशामा हिँडाउनका लागि शक्तिशाली आयोग बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ …

प्रतिकृया दिनुहॊस