चिनियाँ विदेशमन्त्री आज आउँदै, भ्रमण आर्थिक विकासमा केन्द्रित हुने

काठमाडाैँ । तीन दिने नेपाल भ्रमणका लागि चिनीयाँ विदेशमन्त्री वाङ यी आज काठमाडौँ आउँदै छन् । चिनीयाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विषयमा विभिन्न विषयमा छलफल गर्न उनको भ्रमण केन्द्रित हुँदैछ ।

सीको काठमाडौँ आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहेका वाङ तीन दिन काठमाडौँमा रहने कार्यक्रम छ ।

राजनीतिक संक्रमण सकिएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो । यो समाचार नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस