युएस ओपन टेनिस : सेरेना चुकिन् फाइनलमा

अमेरिका । अमेरिकी सेरेना विलियम्स पुनः फाइनलमा आएर स्तब्ध भएकी छन् । कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधि तथा सन् २०१७ मा छोरी जन्माएपछि खेलमा फर्किएर पहिलो मेजर उपाधिको खोजीमा रहेकी सेरेना विलियम्स फेरि निराश हुनु परेको हो ।

युएस ओपन टेनिसको फाइनलमा अमेरिकी सेरेना विलियम्स क्यानडाकी किशोरी बिएन्का एण्ड्रिस्क्यूसँग पराजित भएकी छन् । आठौँ बरियताकी ३७ वर्षे सेरेना १५ औँ बरियताकी १९ वर्षे बिएन्कासँग ६–३ र ७–५ को सेटमा पराजित भएकी हुन् ।

सेरेना विलियम्सले प्रमुख प्रतिस्पर्धाका चार फाइनलमा लगातार हार बेहोरेकी छन् । पराजित भएपछि विलियम्सले भनेकी छन्, ‘बिएन्काले अविश्वशनीय खेलिन् । उनका लागि म निकै खुशी र गर्व गर्छु । अति नै राम्रो टेनिस रह्यो ।’

बिएन्का टेनिसको प्रमुख प्रतिस्पर्धामा उपाधि जित्ने पहिलो खेलाडी हुन् । यस्तै सन् २००६ यता ग्राण्डसलामको उपाधि जित्ने पहिलो किशोरी हुन् । सन् २००६ मा मारिया सारापोभाले किशोरी उमेरमै ग्राण्डसलामको उपाधि जितेकी थिइन् ।

सेरेना गएको जुलाईमा विम्बल्डन टेनिसको फाइनलमा सिमोना हालेपसँग पराजित भएकी थिइन् । यस्तै गएको वर्ष युएस ओपनमा उनी जापानकी नाओमी ओसाकासँग पराजित भएकी थिइन् ।

सेरेनाले कीर्तिमानसँग बराबरी गर्ने २४ औँ ग्राण्डसलाम उपाधिका लागि अझै पर्खनु पर्ने भएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस