मेरो माइक्रोफाइनान्सको नयाँ कर्जा र बचत योजना

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले ‘मेरो बचत मेरो कर्जा’ सञ्चालनमा ल्याउने भएको छ । आर्थिक वर्ष २०७६-७७ को शुरूआतसँगै नयाँ कार्यक्रमका रूपमा उक्त कर्जा कार्यक्रम सञ्चालन गर्न लागिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए ।

उक्त खातामा दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने कम्पनीले बताएको छ । संस्थाको शाखा कार्यालय नजीकै साना तथा मझौला व्यवसाय गरिरहेका महिला तथा परिवारलाई वित्तीय सुविधा प्रदान गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको संस्थाको भनाइ छ ।

लघुवित्तको परम्परागत ढाँचाअनुसार लघुवित्तमा आबद्ध हुन नसकेका ग्राहकका लागि उक्त कर्जा कार्यक्रम सञ्चालनमा ल्याएको संस्थाले बताएको छ । उक्त कार्यक्रमको प्रमोशनका लागि दुईदिने अभिमुखीकरण तालीम पनि भइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । साबिकका सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर बनेको सानिमा रिलायन्स लाइफ …

प्रतिकृया दिनुहॊस