३५ किलो गाँजासहित तीन युवक पक्राउ

उदयपुर । प्रतिबन्धित लागु औषध ३५ किलो गाँजासहित तीन युवक पक्राउ परेका छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प रामपुर ठोक्सिलाले बिशेष सुराकिको आधारमा पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–८ बरगाछीका २८ वर्षीय योजेन्द्र गजमेर, वडा नम्बर १५ श्यामचोकका ३१ वर्षीय धर्मराज श्रेष्ठ र वडा नम्बर ३ पिण्डेश्वरका २७ वर्षीय विनोद सुनार रहेको सशस्त्र प्रहरी बल पाँच नम्बर त्रियुगा गणका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) गार्धन राईले जानकारी दिए।

उनका अनुसार बि.आर. ११ एफ ३२५७ नम्बरको भारतीय जिपमा नेपाली नम्बर मे १ च २२३३ राखेर बेलका नगरपालिका–५ शिखरमाडीबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गण्डकी र सुदूरपश्चिमको क्रियाकलाप असंवैधानिक : कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संबैधानिक काम …

प्रतिकृया दिनुहॊस