२० करोड लगानीमा दुई रंगशाला बन्दै

काठमाडाैँ । सिन्धुलीका दुई नगरपालिकामा रंगशाला बन्ने भएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा रंगशाला बन्ने भएका हुन् ।

कमलामाई नगरपालिका–५ कालिमाटीमा सिन्धुली रंगशालाको शिलान्यास भई काम अगाडि बढिसकेको स्थानीयले जनाएका छन् । निर्माण सुरु भएको रंगशालाको सिन्धुली क्षेत्र नम्बर १ मा संघीय सांसद तथा पूर्वकृषिमन्त्री हरिबोल गजुरेलले एक औपचारिक कार्यक्रमबीच शिलान्यास गरेका थिए ।

३ नम्बर प्रदेश सरकारको १३ करोड ४३ लाख ५८ हजार ३ सय ९७ रुपैयाँ लागतमा सुविधासम्पन्न रंगशाला निर्माण हुने भएको हो ।

दुधौली नगरपालिका वडा नं ९ को दुधौली बजार नजिकै ६ करोड ९४ लाख ९२ हजार ४ सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण कार्य सुरु भएको सार्वजनिक इकाई धुलिखेलका प्रमुख पूर्णबहादुर दर्जीले जानकारी दिए । यो समाचार आजको नागरिक दैनिकमा अनिल भण्डारीले लेखेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एसिसी प्रिमियर कपमा नेपालको लगातार चौथो जित

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो जित दर्ता गरेको छ । …

प्रतिकृया दिनुहॊस