नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाईफ इन्स्यारेन्स अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको ४१७ औं बैठकले कूल १४ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिने वताएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ को लाभांश भने घोषणा गर्न बाँकी रहेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय बीमा संस्थानकाे एप लञ्च, बीमाबारे जानकारी लिन सकिने

काठमाडौ । राष्ट्रिय बीमा संस्थानले संविधान दिवसको अवसर पारेर बीमा सम्बन्धी जानकारी मूलक एप लञ्च …

प्रतिकृया दिनुहॊस