शुक्रबार सुनको भाउ घट्यो, तोलाको ७२ हजार मात्र

काठमाडौं । सुनको भाउ शुक्रबार घटेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोलामा १४ सय रुपैयाँ सस्तो भएको होे । शुक्रबार छापावाल सुनको मूल्य ७२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।
यता, तेजाबी सुनको मूल्य पनि बिहीबारको तुलनामा प्रतितोला १४ सय हजार रुपैयाँले नै घटेर शुक्रबार ७१ हजार ७०० रुपैयाँमा आइपुगेको छ ।
यता, चाँदीको मूल्य पनि प्रतितोला ९०० रुपैयाँ कायम भएको छ । निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइसकेको छ । थोरै भाउ सस्तो हुँदा पनि आम उपभोक्ताले राहत पाउने अवस्था छ ।
यसअघि निरन्तर भाउ बढेपछि सर्वसाधारणले आफूसँग भएको गहना बेच्न चाहे पनि सुनचाँदी व्यापारीले खरिद नगरेको गुनासो गरिरहेका छन् । भाउ महँगो भएपछि यतिबेला सुनचाँदीका पसल पनि सुनसान छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बालकुमारीमा रोयल इन्फिल्डको ‘ट्रेनिङ सेन्टर’ सञ्चालन

काठमाडौं । रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले ललितपुरको बालकुमारीमा रोयल इन्फिल्डको ट्रेनिङ सेन्टर सञ्चालनमा …

प्रतिकृया दिनुहॊस