नेपाल इन्भेस्टमेन्ट बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सम्झौता

काठमाडौं ।  नेपाल इन्भेस्टमेन्ट बैंक र भुक्तानी सेवाप्रदायक सेलपेबीच सम्झौता भएको छ । सम्झौतामा  बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डे र आइएमएस ग्रुपका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले हस्ताक्षर गरे ।

नेपाल इन्भेस्टमेन्ट बैंकका ग्राहकहरूले सेलपे एकाउन्टमा आफ्नो खाता आवद्ध तुल्याउनेवित्तीकै रु १०० को मोबाइल रिचार्ज (टप–अप) पाउने सेलपेमार्फत बिलहरूको भुक्तानी गर्दा आकर्षक नगद फिर्ता (क्यास ब्याक अफर) पनि पाउने छन् ।

सेलपे, सेलकम प्रा.लिद्वारा सञ्चालित नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताबाट डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थान्तन्तरण सेवा प्रदान गर्छ ।

ग्राहकहरूले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट नेपाल इन्भेस्टमेन्ट बैंकको खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थान्तन्तरण गर्न सक्नेछन् ।

ग्राहकहरूले सेलपे भुक्तानी विल्कप रहेका स्थानहरू सेलपेमार्फत् अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् । यसमार्फत् मोबाइलको टप–अप गर्न, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, केबलहरूको बिललगायत बिल भुक्तानी गर्न सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०२ पैसा र बिक्री दर १३३ रुपैयाँ ६२ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस