सुनसरीमा सर्पले डसेर दुई जनाको मृत्यु

सुनसरी । सर्पले डसेर सुनसरीको छुट्टाछुट्टै स्थानमा दुई जनाको मृत्यु भएको छ।  कोसी गाउँपालिका–७ हरिपुरकी ३० वर्षीया सरितादेवी यादवको विषालु सर्पले डसेर मृत्यु भएको छ।

यादवलाइ घर नजिकै खेतमा घाँस काटिरहेको अवस्थामा सर्पले खुट्टामा डसेको थियो। उनलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लगिएकोमा उपचारकै क्रममा मंगलबार राति मृत्यु भएको हो।  यसैगरी हरिनगर गाउँपालिका–१ की ५५ बर्षीया सहिदान खातुनको पनि सर्पको टोकाइबाट मृत्यु भएको छ।

मंगलवार राति घर छेउमै विषालु सर्पले डस्दा सिकिस्त भएकी खातुनलाई उपचारका लागि गोल्डेन अस्पताल विराटनगर  लगिएको थियो। उनकउो अस्पताल पु¥याउने बित्तिकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीसहित ७ जनालाई थुनामै पठाउन आदेश

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित सात जनालाई रिहा …

प्रतिकृया दिनुहॊस