कान्ति लोकपथमा गएको पहिराका कारण १० करोडको क्षति

काठमाडौँ । निर्माणाधीन कान्ति लोकपथमा ठाउँठाउँमा गएको पहिराका कारण ३० करोड क्षति भएको छ । गत असार र साउनमा परेको वर्षाका कारण कान्ति लोकपथमा गएको पहिरा अझै हटिसकेको छैन ।

ललितपुरको चापागाउँ हुँदै हेटौँडासम्म पुग्ने सडकमा बाँकी रहेको पहिरो आगामी दसैँसम्ममा हटाइसक्ने कान्ति लोकपथ योजनाले जनाएको छ । तत्कालका लागि पहिरा हटाएर एकतर्फी सडक सञ्चालन भइरहेको योजनाका सूचना अधिकारी अमिन्द्र खड्काले बताए । उनका अनुसार कतिपय स्थानमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध थियो भने कतिपय स्थानमा पहिराले बाटो नै बगाएको थियो ।

लितपुरतर्फ भालुखोला नजिकका स्थानमा र मकवानपुरतर्फ ठिङ्गनमा पहिराले बाटो बगाएको थियो । उनले भने, “झण्डै ४०० मिटर सडकमा ट्र्याक बगाएकामा अहिले निर्माणको काम शुरु भइसकेको छ ।”

अहिले निर्माणाधीन सडक भएकाले यो सडकमा वर्षाले बढी क्षति पुर्‍याएको सडक विभागले बताउँदै आएको छ । कतिपय स्थानमा अहिले काम गरिरहेका ठेकेदार कम्पनीले नै क्षतिबापत बीमाको दाबी गरेका छन् । तीबाहेकका सडकमा भने योजनाले नै बजेट दिएर काम गराउने खड्काले बताए । उनले भने, “पहिराले क्षति पुगेका सडकमध्ये कतिपयमा पुरानै ठेकेदार त कतिपयमा नयाँ ठेक्का गरेर पनि काम हुनेछ ।” लोकपथमा अहिले ललितपुरतर्फको सडक सञ्चालन रहेको वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले बताए । उनका अनुसार गत महीनाहरूमा सडक हप्तौँसम्म अवरुद्ध थियो । उनले भने, “ठाउँठाउँमा दोहोरो गाडी चल्न नसके पनि एकातर्फ चलिरहेको छ ।”

सो सडकमा आगामी वर्षसम्म निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । अहिलेसम्म सडकको ४५ किलोमिटर कालोपत्र र ३९ किलोमिटर सडक ग्राभेल सकिएको योजनाले जनाएको छ । अहिलेसम्म पाँच किलोमिटरमा मात्रै सडक स्तरोन्नतिको काम हुन सकेको छैन । विसं २०१६ मा नेपाली सेनाले निर्माण शुरु भए पनि लामो समयसम्म यो सडक सरकारको प्राथमिकतामा परेको थिएन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालमा अर्कै भिडिओ भाइरल, कतार पठाइएको छैन हात्ती

काठमाडौं । बुधबारबाट दुईवटा हात्ती ट्रकमा चढ्दै गरेको एउटा भिडिओ भाइरल छ । धेरै सामाजिक …

प्रतिकृया दिनुहॊस