टी–२० सिरिज : श्रीलंकालाई हराउँदै न्यूजिल्याण्ड विजयी

काठमाडाैँ । श्रीलंकाविरुद्धको टी–२० श्रृङ्खला अन्तर्गत मंगलबार भएको दोस्रो खेलमा पाहुना टोली न्यूजिल्याण्ड विजयी भएको छ । घरेलु टिमलाई चार विकेटले हराउँदै न्यूजिल्याण्डले तीन खेलको श्रृङ्खला एक खेल अगावै जितेको छ ।

यसअघि पहिलो खेलमा पनि न्यूजिल्याण्ड पाँच विकेटले विजयी भएको थियो । श्रीलंकाको पेल्लेकेले रंगाशालामा भएको खेलमा घरेलु टिमले दिएको १६२ रनको लक्ष्य न्यूजिल्याण्डले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । न्यूजिल्याण्डको इनिङमा कोलिन डि ग्राण्डहोम र टम ब्रुसले उत्कृष्ट प्रदर्शन गरे ।

पाँचौं विकेटका लागि ग्राण्डहोम र ब्रुसले १०९ रनको उत्कृष्ट साझेदारी गर्दै जितको आधार खडा गरेका थिए । ब्यक्तिगततर्फ ग्राण्डहोमले ५९ रन बनाए भने ब्रुसले ५३ रन जोडे । बलिङतर्फ अकिला धनञ्जयाले तीन विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा नौ विकेट गुमाउँदै १६१ रन बनाएको थियो ।

श्रीलंकाका लागि निरोसन डिकवेल्लाले ३९ रन बनाए भने अभिष्का फर्नाण्डोले ३७ रन बनाए । यस्तै कुशल मेन्डिसले २६ तथा सेहान जयसुरियाले २० रन बनाए । बलिङतर्फ न्यूजिल्याण्डका सेठ रान्सले तीन विकेट लिए भने टिम साउथी र स्कट कुग्गेलिनले दुई दुुई विकेट लिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरीको जर्सी १ हजार ५० डलरमा बिक्री

काठमाडौं । अमेरिकाका नेपाली क्रिकेट टीमका खेलाडी दीपेन्द्रसिंह ऐरीको जर्सी सबैभन्दा बढी मुल्यमा विक्री भएको …

प्रतिकृया दिनुहॊस