जापानको रोजगारीमा न्यून मात्रै नेपाली कामदार लगिने, कति जना?

काठमाडौं । जापानले दक्षता र भाषा ज्ञानलाई उच्च प्राथमिकता दिँदै पहिलो चरणमा नेपालबाट केयरगिभरमा न्यून संख्यामा मात्र कामदार लैजाने देखिएको छ।
जापानले उच्च दक्ष र भाषामा पोख्त हुनुपर्ने गरी परीक्षण मापदण्ड बनाएपछि पहिलो चरणमा थोरै संख्यामा मात्र नेपाली युवा रोजगारीका लागि जापान जान पाउने देखिएको छ।

नेपालबाट सुरुमा नर्स लगायतका केयरगिभर क्षेत्रमा युवा लैजाने भएको छ। यसका लागि कात्तिकको दोस्रो साता परीक्षा गर्ने जनाएको छ। यो खबर आजको कारोबार दैनिकमागोपाल संग्रौलाले लेखेका छन्।

‘कति नेपालीलाई केयरगिभरमा लैजाने भन्ने संख्या भने तोकिएको छैन,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका वैदेशिक रोजगार व्यवस्थापन शाखाका उपसचिव दीपक ढकालले भने, ‘नेपालबाट कामदार लैजाने बारेमा जापान जान इच्छुक पहिलो चरणमा थोरै संख्यामा मात्रै लैजाने देखिन्छ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार आउनुभएका कतारका अमिर शेख …

प्रतिकृया दिनुहॊस